माधवको चलचित्रमा सञ्जित फाइनल

काठमाडौं । निर्देशक माधवराज खरेलको चलचित्रको मुख्य भूमिकामा सञ्जित भण्डारी देखिने भएका छन् । यसअघि चलचित्रका लागि खड्गबहादुर पुन मगर ‘खबपु’,  गोपाल ढकाल ‘छन्दे’,  कञ्चन चालिसेलगायतका कलाकार फाइनल गरिसकिएको छ । चलचित्रको नाम भने सार्वजनिक भएको छैन ।

भदौको पहिलो साताबाट छायाङ्कनमा जाने तयारी गरिएको चलचित्रको नाम मुहूर्तमा मात्र सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

पिम नेपालको प्रस्तुति रहने चलचित्रमा मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेभिड सिंह राजपूतलगायतको अभिनय रहनेछ । चलचित्रमा साहिल चौधरीको छायाङ्कन, किरण दाहालको द्वन्द्व रहने छ भने निर्माता कमला जोशी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *