रावलको राजीनामा अनावश्यक कदम : प्रवक्ता ज्ञवाली
२०७८ साउन ४ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले नेता भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट दिएको राजीनामा अनावश्यक भएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता ज्ञवालीले सांसद पदबाट राजीनामा दिनु नेता रावलको अनावश्यक कदम भएको टिप्पणी गरेका हुन् ।
नेता रावलले जेजस्ता कारण भए पनि राजीनामा गर्नुनहुने थियो भन्दै ज्ञवालीले पार्टीभित्र समस्याहरू उत्पन्न हुँदैमा र कहिलेकाहिँ कुनै नेताहरूसँग गम्भीर विमति हुँदैमा पदबाटै विमुख भएर राजीनामा दिनु नहुने तर्क गरे । ज्ञवालीले आन्तरिक विवादलाई आन्तरिक रुपमै मिलाउन सकिनेमा प्रतिनिधि सभा सदस्य पदबाट नै राजीनामा दिने कार्य अनावश्यक कदम भएको भन्दै रावलले त्यसो गर्न नहुने टिप्पणी राखे ।
२०७८ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








