कोरोना निणन्त्रणकका लागि अमेरिकाबाट स्वास्थ्य सामग्री

काठमाडौं । नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ ।

अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी सेचिन केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले आइतबार चाटर्ड बिमानमार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्राएको हो ।

प्रतिष्ठानले पीपीई ग्राउन आईसोलेशन २० हजार थान, फेससिल्ड १९ हजार ४ सय ४० थान, माक्स ७० हजार थान, एन ९५ माक्स डिसपोजेवल १५ हजार थान भित्राएको जनाएको छ ।

त्यस्तै डिजल थर्मामिटर १६० पिस, प्रोटेक्ट फेससिल्ड १५ हजार सात सय ५० थान, पिपिई कभर मिडियम २३ सय ४ थान, पिपिई कभरअल लार्ज २३ सय ४ थान, ईमरजेन्सी रिलिफ वेड ३० थान पनि आइपुगेको छ भने डिसपोजेवल ग्लोवस १४ लाख थान, केएन ९५ प्रोटेक्टिभ माक्स १ लाख २८ हजार थान गरी करिव आठ करोडको स्वास्थ्य सामाग्री नेपाल ल्याइएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।

यसअघि पनि साढे दुई करोड बराबरको स्वास्थ्य सहयोग गरिसकेको उनको भनाई छ ।

यसअघि पहिलो चरणमा दुई करोड ७० लाख बारावरको अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिण्डर , मेडिकल टेन्ट , वाईप्याप मेसिन ,आइसीयू वेड, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =