बालुवाटारमा पार्टीको कुनै पनि बैठक नबस्ने गगनको विश्वास

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नबस्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेको गर्दै थापाले अबदेखि बालुवाटारमा पार्टीको बैठक नबस्ने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए । तर प्रधानमन्त्री देउवाले पार्टी कार्यालयमा धर्ना भएकाले बालुवाटारमा राख्नु परेका बताएका थिए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ । जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ ।’ गगनले थपेका छन्,‘प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला ।’
प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले'पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न'भन्ने विश्वास दिलाउनु भएको छ।@DeubaSherbdr यो विश्वासलाई कायम राखिदिनु होला।
— Gagan Thapa (@thapagk) July 19, 2021








