प्रतिगमन पूर्ण रूपले सकिएको छैन : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चा उपाध्यक्षसमेत रहेकी प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले प्रतिगमन पूर्ण रूपमा सकिनसकेको बताएकी छन् । आइतबार (आज) को पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा भाग लिँदै पौडेलले भनिन्— ‘प्रतिगमन पूर्ण रूपमा सकिसकेको छैन । धेरै कोणबाट यो उठ्न सक्छ । हामी होसियारी गरी अगाडि बढौँ ।’

यस्तै पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताइन्, भनिन्— ‘यो सरकार प्रतिगमनतर्फ नजाओस् । जनमोर्चाले गुण वा दोषको आधारमा समर्थन वा विरोध गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =