संविधान र व्यवस्था नै असफल पुष्टि भयो : लिङ्देन

यो सरकारको प्रारम्भ ठिक देखिँदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले देउवा सरकारको प्रारम्भ ठिक नदेखिएको बताएका छन् । आइतबार (आज) बसेको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा भाग लिँदै सांसद लिङ्देनले यस्तो बताएका हुन् । देउवाले प्रधानमन्त्री बनेपछि पार्टीको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै पार्टीको बैठक बोलाएकोतर्फ इङ्गित गर्दै सांसद लिङ्देनले भने— ‘मेरो शुभकामना छ यो सरकारलाई, देउवाजीलाई शुभकामना छ । तर, होस् गर्नुस् । सरकारको प्रारम्भ त्यति ठिक देखिँदैन ।’

यस्तै सांसद लिङ्देनले सदनमा देखिएको सन्दर्भले संविधान र व्यवस्था नै असफल भएको टिप्पणी गरे । ‘यो सदनमा जे देखिन्छ र संसद जे भयो, यसले संविधान र व्यवस्था नै असफल भएको पुष्टि भएको छ,’ सांसद लिङ्देनले भनेका छन् ।

यस्तै सांसद लिङ्देनले सदनमा राप्रपा तटस्थ बस्ने बताए । प्रतिनिधि सभामा राप्रपाको १ सिट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =