सदनले ओलीजीलाई सुन्न चाहेको थियो : प्रचण्ड
२०७८ साउन ३ गते

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति सुन्न चाहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले निवर्तमान प्रधानमन्त्रीको हैसियतले पनि ओलीले बोल्नुपर्ने बताए ।
‘मैले प्रमुख सचेतकलाई सोधें- केपीजी आउनुहुन्छ नि ! तीनपटक सोधें । उहाँले आउनुहुन्छ भन्नुभयो । उहाँले नै बोल्नुहुन्छ भन्नुभयो । मैले सामान्य रुपमा के सोचेको थिएँ भने पुनःस्थापित संसद्को पहिलो बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतले र प्रतिपक्षी दलको नेताको हैसियतले पनि यो सदनले पनि केपीजीको मुखबाट नै आफ्ना कुरा सुन्न चाहेको थियो । र, देशले पनि‚’ उनले भने
२०७८ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








