मोटरहेड एमएच १५० अब नेपाली बजारमा, स्क्र्याम्बलर २५० पनि उपलब्ध

काठमाडौं । मोटरहेडको एमएच १५० बाइक नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक एसलआर टेक्नो एन्ड ट्रेड कम्पनीले उक्त बाई नेपाली बजारमा भित्र्याएको जानकारी दिएको हो ।

सीजी १५० सीसीको इन्जिन रहेको उक्त बाइकमा ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर रहेका छन् । उक्त बाइकको ग्राफिक्ससमेत आकर्षक र क्याची रहेको कम्पनीले जनाएको छ ।

पहिला२ लाख ८८ हजार रुपैयाँ मूल्य रहेको यस बाइकलाई नयाँ संस्करणमा आएपछि हाल २ लाख ९५ हजार रुपैयाँ मूल्य राखिएको छ ।

युवा पुस्ताले असाध्यै मन पाएको स्क्र्याम्ब्लर २५० बाइक पनि अहिले उपलब्ध रहेको कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यसको स्टक सकिएको भए पनि नयाँ आर्थिक वर्षसँगै उक्त बाइक बजारमा पुनः उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ ।

काठमाडौं उपत्यकाको धोवीघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत यी बाइक प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी छ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि विभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *