भारतद्वारा नेपाललाई १५० थान आईसीयू बेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं । भारत सरकारले नेपाललाई कोभिड–१९ रोकथामका लागि १५० आईसीयू बेड उपहार स्वरुप प्रदान गरेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कानूनमन्त्री कार्कीले कोभिडविरुद्ध लड्न भारतले गरेको सहयोग सदैव प्रशंसायोग्य रहेको बताए ।

मन्त्री कार्कीले नेपाल-भारतबीचको सम्बन्ध ऐतिहासिक रहेको र निकट भविष्यमा पनि सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

राजदूत क्वात्राले भारत र नेपालबीचको सदिऔँ पुरानो विशिष्ठ सम्बन्ध रहेको भन्दै नेपाली जनतालाई कोभिड-१९ को संकटबाट जोगाउन भारतले सक्ने सहयोग गर्नेसमेत बताए ।

यसअघि पनि भारत सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको थियो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *