शीर्ष तीन दलको छुट्टा-छुट्टै बैठक आज

काठमाडौँ । शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको छुट्टा छुट्टै बैठक आज बस्दैछ । सत्तारुढ कांग्रेस र माओवादीको संसदीय दलको बैठक बस्दैछ भने एमाले स्थायी कमिटी बैठक बस्‍ने भएको हो ।

कांग्रेसको बैठक दिउँसो २ बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दलको बैठक बस्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन् । उनका अनुसार संसद्को अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न दलको बैठक बोलाइएको हो । पुनःस्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दैछ ।

यस्तै माओवादी केन्द्रको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो । माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । माओवादीले बैठकमा उपस्थित हुन सबै सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।

एमाले स्थायी कमिटी
एमालेको स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्दैछ । केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसाार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको छ । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =