श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ । शनिबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

केन्द्रीय सदस्यसमेत रहेका छानबिन समितिका सदस्य घिमिरेमाथि शुक्रबार कुटपिट भएको थियो । सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नुछ भन्दै आएको समूहले आफूलाई कुटपिट गरेको घिमिरेले बताएका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिइ पार्टी विधानबमोजिम ३ दिनभित्र कारबाहीको टुङ्गो लगाउन आजको बैठकले निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =