माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
२०७८ साउन २ गते

|माओवादी बैठक। तस्बिरः नेता हितबहादुर तामाङ|
काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आइतबार (भोलि) बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । गुरुङकाअनुसार बैठकमा सबै सदस्यहरुलाई बोलाइएको छ । बैठकमा खासगरी अपराह्न ४ बजेबाट बोलाइएको पुनःस्थापित प्रतिनिधि सभा बैठकबारे छलफल हुनेछ ।
मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा ब्युँतिएको छ । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।
२०७८ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








