प्रदेश २

शपथलगत्तै माओवादी मन्त्रीहरु बरमझिया जाने

जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्रीहरुले शपथ लिएलगत्तै धनुषाको बरमझिया जाने भएका छन् । शनिबार दिउँसो शपथ लिएपछि उनीहरुले शहीदको शालीकमा माल्यार्पण गर्न जाने भएका हुन् ।

जनयुद्ध सुरु हुनुभन्दा पूर्व नै मधेशबाट प्रथम शहीद भएका रामवृक्ष यादवको शालीकमा माल्यार्पण गर्न मन्त्रीद्वय त्यहाँ जान लागेको माओवादी जिल्ला सचिव दिपक यादवले जानकारी दिए । माओवादी केन्द्रको तर्फबाट शनिबार दिउँसो माओवादी सांसदद्वय भरत साह र रुबी कर्णले मन्त्रीको शपथ लिदैछन् ।

यो पनि : भरतको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुँदै

माओवादी जनयुद्धकै बलमा देशमा आमूल परिवर्तन आएकोले सबैभन्दा पहिला मन्त्रीहरुले शहीदलाई श्रद्धाञ्जली व्यक्तसहित सम्मान गर्ने कार्यक्रम रहेको सचिव यादवले बताए ।

माओवादीले जनयुद्धको तयारी थाल्दै गर्दा २०५१ साल भदौ २ गते रामवृक्ष यादवको हत्या भएको थियो । त्यसयता माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु उपस्थितिमा प्रत्येक वर्ष भदौ २ गते बरमझियामा भव्य स्मृतिसभा हुने गरेको छ ।

थप पढ्नुस् : प्रदेश २ का दुई मन्त्रीले दिए राजीनामा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *