प्रदेश २ का दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । सत्ता समीकरण मिलाउन प्रदेश २ सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन् ।

स्रातका अनुसार आन्तरिक सत्ता समीकरण मिलाउन र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका निम्ति मार्ग प्रशस्त गर्न मन्त्रीद्वयलाई राजीनामा दिन लगाइएको हो । मुख्यमन्त्री निकट स्रोतका अनुसार दुबै मन्त्रीले शनिबार नै मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा पत्र बुझाइसकेको भएपनि अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

याे पनि : भरतको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुँदै

मन्त्रीद्वय यादव र कुशवाहा दुबै जसपा उपेन्द्र यादव समूहका नेता हुन् । सत्ता समीकरण मिलाउन र माओवादीलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्यमन्त्री कुशवाहाले बताए ।

यता मुख्यमन्त्री राउतले शनिबार माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागि गराउन लागेका छन् । माओवादीलाई कुन मन्त्रालय दिने भन्ने टुङ्गो लागिसकेको छैन । तर आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएपछि सोही मन्त्रालय माओवादीलाई दिने अड्कल गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *