सकियो कांग्रेस पदाधिकारीको बैठक, के भयो निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारीको बैठकमा विभिन्न विषयमा छलफल भएको छ ।

नेता रमेश लेखककाअनुसार कांग्रेसले पूर्वनिर्धारित समयमा नै महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसको तयारीस्वरुप कांग्रेसले क्रियाशील सदस्यता टुङ्ग्याउने प्रयास गरिरहेको छ । नेता लेखककाअनुसार ७५ जिल्लामा टुङ्गिसकेको छ ।

आगामी भदौ १६–१९ का लागि कांग्रेस महाधिवेशनको मिति तोकिएको छ भने साउन १२ गतेबाट वडा तथा नगरमा महाधिवेशन शुरु हुनेछ । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतकाअनुसार बैठकमा समायोजन समिति, निर्वाचन समिति र क्रियाशील छानबिन समितिले कार्यप्रगति र समस्या सुनाएको थियो ।

यस्तै बैठकले निर्वाचन समितिले चुनावको निर्देशिका बैठकमा प्रस्तुत गरेको थियो । आइतबारसम्म क्रियाशील सदस्यताको प्रतिवेदन सभापति समक्ष बुझाउने बताएका थिए । आजको बैठकमा मन्त्रिमण्डल विस्तार, विश्वासको मतका सन्दर्भमा भने छलफल भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *