प्रधानमन्त्री देउवा बालुवाटार सरे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार (आज) सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्री देउवा साइतअनुसार बिहान ९:५७ बजे बालुवाटार प्रवेश गरेको देउवा सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा यसअघि निजी निवास बुढनिलकण्ठमै बसोबास गर्दै आएका थिए । ५ महिनाको अवधिमा २ पटक संसद् विघटन गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले हटाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोअनुसार प्रधानमन्त्री देउवा बनेका हुन् । देउवा पाँचौंपटक देशको प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =