थप १७५७ जना कोरोनामुक्त‚ २०६७ मा संक्रमण‚ ३३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ७५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ६ लाख २५ हजार ५७० जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै बिहीबार दुई हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै अहिलेसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ९ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *