अन्जु पन्तको आवाजमा हिन्दी गीत सार्वजनिक

काठमाडौं । गायिका अन्जु पन्तको स्वरमा हिन्दी गीतको लिरिकल भिडि‌‌ओ सार्वजनिक गरिएको छ । नेपालमै तयार गरिएको डीआर अटुको सङ्गीत रहेको गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गरेका छन् ।

पवित्रा राईले गीत रचना गरेकी हुन् ।

‘युँ ना हो जाता…’  बोलको गीतमा प्रेमी-प्रेमिकाबीचको माया-प्रेमलाई समेटिएको छ । गायिका पन्तले यसअघि पनि हिन्दी गीत गाइसकेकी छन् । लिरिकल भिडिओलाई मनोज राईले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *