थप १६०६ जना कोरोनामुक्त‚ २९०५ मा संक्रमण‚ १८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म कुल ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *