नवनियुक्त प्रधानमन्त्री देउवाको संक्षिप्त परिचय

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीमा यो उनको पाँचौं सिंहदरबार प्रवेश हो ।

विद्यार्थी हुँदै राजनीतिक यात्रा सुरु गरेका देउवाका यसअघिका कार्यकाल औसतमात्र रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

  • सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा २००३ सालमा जन्मिएका देउवाले २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट राजनीतियात्रा ।
  • नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेका उनी पछि सभापति बने ।
  • पञ्चायतविरोधी राजनीतिका क्रममा १० वर्ष १० महिना जेल जीवन बिताए ।
  • २०४६ को जनआन्दोलनपछि देउवा नेपाली कांग्रेसको सुदूरपश्चिम विकास क्षेत्रको राजनीतिक प्रमुखको भूमिकामा रहे ।
  • २०४८ सालमा डलेलधुराबाट सांसद बनेका उनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बने ।
  • २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख विपक्षी दलको नेता बने ।
  • २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि उनी पहिलोपटक प्रधानमन्त्री बने । उनकै कार्यकालमा बाबुराम भट्टराईलगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो ।
  • २०५६ सालमा पुनः डडेल्धुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बने । तर‚ त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे ।
  • २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले नै देउवालाई प्रधानमन्त्रीमा पुनःस्थापित त गरे‚ तर त्यो कार्यकाल उनका लागि बिर्सनलायक रह्यो । कारण ज्ञानेन्द्रले नै २०६१ साल माघ १९ मा देउवालाईअक्षम घोषणा गर्दै पदच्युत गरे र सत्ता आफ्नै हातमा लिए ।
  • त्यसपछि ज्ञानेन्द्रले नै गठन गरेको शाही आयोगले भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनलाई पक्राउ गर्‍यो । तर पछि सर्वोच्च अदालतले त्यो आयोग नै खारेज गरिदियो ।
  • गिरिजाप्रसाद कोइरालासँगको विवादका कारण उनले २०५९ सालमा नेपाली कांग्रेस विभाजन गरी आफ्नो नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) नामको अर्को दल गठन गरे ।
  • २०६४ सालमा उनले आफ्नो पार्टी नेपाली कांग्रेसमा विलय गराए ।
  • २०७४ सालमा देउवा चौथो पटक प्रधानमन्त्री बने ।
  • गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला आफ्नै सरकार ढाल्न देउवाको पनि भूमिका रहेको तथा पार्टिभित्र गुट चलाएको आरोप पनि खेप्ने गरेका छन् । देउवाको नेतृत्वमा त्यसबेला ३६ जना सांसद रहेकाले कांग्रेसभित्र उनको गुटलाई  छत्तिसे र बाँकी ७४ जना सांसद कोइरालाको पक्षमा रहेकाले कोइराला पक्षलाई चौरहत्तरे भन्ने गरिन्थ्यो ।
  • २०७२ साल फागुनमा भएको महाधिवेशनबाट उनी नेपाली कांग्रेसको सभापति चुनिए ।
  • देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । उनी सन् १९८९ देखि १९९० सम्म लन्डन स्कूल अफ इकनमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो पनि थिए ।
  • २०७४ सालमा डडेल्धुरा जिल्लाबाट निर्वाचित भएका उनी त्यसयता संसदमा प्रमुख विपक्षी दलका नेताका रुपमा थिए ।
  • २०७८ साल असार २९ गते पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *