२ हजार २८ सङक्रमणमुक्त, १२ को मत्यु हुँदा संक्रमित कति ?

काठमाडौं । नेपालमा कोरोनाका कारण थप २ हजार ३ सय ९८ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ५८ पीसीआर परीक्षणका क्रममा १ हजार ६ सय ३९ र ३ हजार ९ सय ५४ एन्टीजेन परिक्षणका क्रममा ७५९ जनाका कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३ हजार ८ सय ५६ पुगेको छ ।

त्यस्तै थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ । यसैगरी थप २ हजार २८ संक्रमित निको हुँदा नेपालमा हालसम्म ६ लाख २३ हजार १०५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २६ हजार २६१ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ३० हजार २२२ वटा पीसीआर र २ लाख ४२ हजार ६२६ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *