नेम्वाङ्ग भन्छन्– सर्वोच्चको फैसला मान्छौँ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले सर्वोच्चको आजको फैसलाले विश्वव्यापी रुपमा प्रश्न उठाएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने दोस्रो प्रयास पनि असफल बनाइदिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेम्वाङ्गले यस्तो बताएका हुन् । ‘सर्वोच्चको आजको फैसलाले विश्वव्यापी न्यायिक रुपमा ठूलो प्रश्न उठाएको छ,’ नेम्वाङ्गले भने— ‘यत्ति हुँदाहुँदै पनि हामीले सर्वोच्चको फैसला मान्नेछौँ ।’

सर्वोच्चले आज प्रतिनिधि सभा पुनःस्थापनासँगै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । यसपछि एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन थालेको छ । माइतीघर मण्डलामा संघको प्रदर्शनलाई सम्बोधन गर्दै इन्चार्ज तथा केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर खिलराज रेग्मी बन्ने खतरा बढेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *