साउन ३ गते बेलुकासम्म संसद् अधिवेशन बाेलाउनू : सर्वोच्च

काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ । सर्वोच्चको स‌वैधानिक इजलासले संसद् पुनःस्थापना गरि संसद्को अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो ।

अदालतले भोलि बेलुका ५ बजेसम्ममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *