देउवालाई मंगलबार बेलुका ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले  प्रतिनिधि सभा विघटनलाई बदर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै देउवालाई यहि असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश  जारी गरेको हो ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४६ सांसदलगायतले प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै गत जेठ १० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । संवैधानिक इजलासको निर्णयसँगै दोश्रोपटक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रयास असफल भएको छ । यस्तै ओली प्रधानमन्त्रीबाट हट्ने भएका छन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवनिकट सांसद र राष्ट्रिय जनमोर्चाका सांसदसहित १ सय ४६ सांसदले परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *