१,४३२ संक्रमणमुक्त हुदाँ संक्रमित र मृतक कति ?

काठमाडौं । नेपालमा शनिबार थप २ हजार १ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ३० पीसीआर परीक्षणका क्रममा क्रममा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टीजेन परीक्षणका क्रममा ८१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ३ सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

थप १ हजार ४ सय ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख १८ हजार ३६१ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ४८९ जना सक्रिय संक्रमित आइशोलेशन र ३०८ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ९ हजार ९ सय ४० पिसिआर परिक्षण र २ लाख ३१ हजार ९४ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *