विम्बल्डनको उपाधिका लागि जोकोविच र बेरेट्टिनी खेल्ने

एजेन्सी । विम्बल्डन टेनिसअन्तर्गत पुरुष एकलतर्फको उपाधिका लागि फाइनलमा डिफेन्डिङ च्याम्पियन नोभाक जोकोविच र म्याटिओ बेरेट्टिनी खेल्ने भएका छन् । सेमिफाइनलमा जोकोविचले क्यानडाका २२ वर्षीय गेनिस सापाभालोभलाई ७–६, ७–५ र ७–५ को सेटमा हराउँदै फाइनल पुगेका हुन् । यस्तै बेरेट्टिनीले सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुरकाजलाई ३–१ को सेटमा हराउँदै जोकोविचसँगको भेट पक्का गरेका हुन् ।

सातौं वरीयताका बेरेट्टिनी १९७६ यता बिम्बल्डनको पुरुष एकलतर्फ फाइनल पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन् । विम्बल्डनको फाइनल पुग्दा उनी एकदमै खुसी देखिए । समिफाइनल पछि उनले भने— ‘योखुसी बयान गर्ने कुनै शब्द नै छैन, मलाई के भयो भनेर बुझ्न अझै केही घण्टाको सयम चाहिन्छ ।’

जोकोभिचलाई युवा खेलाडी सापाभालोभले कडा चुनौती पेस गरे पनि अनुभवी सर्बियाली स्टार जोकोभिचले निर्णायक अंक हात पार्दा सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारे ।

प्रतियोगितामा महिला एकलतर्फको फाइनलमा एस्ली बार्टी र क्यारोलिन प्लिस्कोभा खेल्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *