प्रकाश सपुतको ‘बिरानो आँगन’ सार्वजनिक

काठमाडौँ । गीत ‘बिरानो आँगन’ सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको स्वर रहेको गीतमा देवी पोखरेलको शब्द रहेको छ ।

अधिकारीको सङ्गीत रहेको गीतमा फणीन्द्र राईको सङ्गीत संयोजन रहेको छ । उत्तम श्रेष्ठ ‘शिशिर’ ले निर्देशन गरेको भिडिओमा परदेशीको पीडा देखाइएको छ ।

भिडिओमा प्रकाश सपुत, सरोज खनाल, रश्मि भट्ट, शङ्कर आचार्य, श्रीजल श्रेष्ठ र सुरज श्रेष्ठ फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेको भिडिओ अमृत चापागाईँले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *