बब्लुको ‘डाँडा घरे साइली’ सार्वजनिक

काठमाडौँ । गीत ‘डाँडा घरे साइली’ सार्वजनिक भएको छ । गीतमा स्वरूप राज आचार्य र लक्ष्मी मल्लको स्वर रहेको छ ।

कृष्ण केसीको शब्द रहेको गीतमा श्रीकृष्ण बम मल्लले सङ्गीत गरेका छन् भने कृष्ण विक ‘भान्जा’ को सङ्गीत संयोजन रहेको छ । देवेन्द्र बब्लुको निर्देशन रहेको भिडिओमा गाउँले परिवेश समेटिएको छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओ नवराज उप्रेतीले गरेका हुन् । भिडिओमा प्रकाश सपुत, शिल्पा पोखरेल, करिश्मा ढकाल र श्रीकृष्ण बम मल्ल फिचर्ड छन् । दिन्सन शाहले सम्पादन गरेको भिडिओमा विमला तामाङको शृङ्गार रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *