थप १३१६ जना कोरोनामुक्त, २२३९ मा संक्रमण, २० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर देशभर एक हजार ३१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ६ लाख ६१ हजार ९२९ संक्रमित निको भइसकेका छन् ।

त्यस्तै शुक्रबार दुई हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६५७ जना पिसीआर परीक्षण गर्दा १ हजार २३९ र ४ हजार ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *