बनेपामा बाढी (तस्बिरहरू)

काठमाडौं । पुण्यमाता खोलाको बाढीका कारण काभ्रे बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । शुक्रबार बिहान अरनिको राजमार्गसहित बजार क्षेत्रमा भेल पसेपछि नागरिकलाई समस्या भयो । घर भेलमा डुबे भने सडकमा हिँडडुल गर्न समस्या भयो । भेलमा साना चारपाङ्ग्रे सवारीसाधन डुबेका थिए ।

खोलाको दुवैतर्फ मिचिएका कारण बाढीले बर्सेनी बनेपाको पुल बजार क्षेत्र डुबानमा पर्दछ । समस्याको समाधान नहुँदा यो समस्या बर्सेनी भोग्नुपरेको बनेपाका पत्रकार सरोज श्री अधिकारीले जानकारी दिए ।

(तस्विरहरू : सरोज श्री अधिकारी/सामाजिक सञ्जाल )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *