ब्राजिलका राष्ट्रपति बोल्सोनारोले अर्जेन्टिनी समकक्षीलाई पाँच औँला देखाउँदै भने- ५-० ले जित्छौं

काठमाडौं । आइतबार बिहान हुने कोपा अमेरिका फुटबलको फाइनलको चासो विश्वभरी छ । कसले जित्छ भन्ने अनुमानहरूमात्र होइन आफूले समर्थन गरेको टिमले जित्छ भन्ने तर्क र दाबीहरू पनि पेश गरिरहेका छन् । सामाजिक सञ्जालमा आफ्नो पक्षको वकालत र अर्को पक्षलाई व्यंग्य गर्ने क्रम पनि चलिरहेको छ ।

यसै दौडमा जोडिएका छन्‚ ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारो । दक्षिण अमेरिकी सरकार प्रमुखहरुको भेलामा राष्ट्रपति बोल्सोनारोले कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्ने ठोकुवा गरेका छन् । आफ्ना पाँच औँला देखाएर अर्जेन्टिनाका राष्ट्रपतिलाई लक्षित गर्दै बोल्सोनारोले बोलेको भिडिओ अहिले सामाजिक संजालमा चर्चामा छ ।

बोल्सोनारोले मुस्कुराउदै पाँच औँलाको संकेत गर्दै अर्जेन्टिनाका राष्ट्रपति आल्बेर्तो फर्नान्डेजलाई लक्षित गर्दै भनेका छन, ‘म अर्जेन्टिनाका राष्ट्रपतिलाई भन्न चाहन्छु कि हाम्रो भिडन्त आइतबार माराकाना रंगशालामा हुँदैछ । म नतिजा भन्न गइरहेको छु- ५-० । म हात उठाउँछु र भन्छु ५-० ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *