परिवारले नस्विकारेको अन्तरजातीय विवाह गरेका जोडीको गुनासो (भिडिओसहित)

काठमाडौं । कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडी २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएको भिडिओ सार्वजनिक भएको छ । । कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् । उनीहरुले एक भिडिओ बनाउँदै भनेका छन्— ‘हामीलाई रुकुम घटना दोहोरिन सक्छ भनेर परिवारले भनेका छन् ।’

प्रकाश–मालती फाटट्फुट्ट गाउँमा आएपनि जंगलमा लुकेर बस्ने गरेको गरेका छन् । विवाह गरेलगत्तै मालतीका आफन्तले प्रकाशलाई मारिदिने, घर जलाइदिने चेतावनी दिएपछि आफूहरु जंगलमा गएर बस्न बाध्य भएको प्रकाशले भिडिओमार्फत बताएका छन् । कैलालीकै एक जंगलमा लुकेर बसिरहेका उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडिओ सार्वजनिक गरेका हुन् ।

दलित अभियन्ता तथा अध्येता जेबी विश्वकर्माले भिडिओ ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा उनीहरुले अन्तरजातीय विवाह गर्दा भोगेको मानसिक र सामाजिक विभेदको बारेमा बोलेका छन् । भिडिओसार्वजनिक भएपछि केही दलित अभियन्ता र युवकका आफन्तको समन्वयमा उनीहरुलाई घरमा फर्काउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *