२२११ संक्रमणमुक्त हुँदा, सङक्रमित र मृतक कति थपिए ?

काठमाडौं । नेपालमा सोमबार थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ४ सय ९९ पीसीआर परीक्षणका क्रममा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षणका क्रममा थप ८७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८५ हजार ३ सय ६१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय ४८ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।

त्यस्तै थप २ हजार २ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ११ हजार २९ जनाले कोरोना संक्रमित जितेका छन् ।

हाल नेपालमा २५ हजार ६९० सक्रिय संक्रमित आइशोलेशन र ३१७ जना क्वारेनटाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ७६ हजार ४१ वटाा पिसिआर र २ लाख ८ हजार २ सय ७६ वटाा एन्टीजेन परिक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *