चलचित्र ‘रिभेन्ज’ को नयाँ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘रिभेन्ज’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘नशालु छ यो रात…’ शीर्षकको गीतमा रवीन श्री तथा माया चाहरलाई प्रस्तुत गरिएको छ ।

राजु लामाद्वारा सङ्गीतबद्ध उक्त गीतमा दीपक घिमिरे तथा दिलु श्रेष्ठको पार्श्व गायन छ । गीतका शब्दहरू इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले रचना गरेका हुन् ।

कृष्ण पाण्डेको छायांकन रहेको उक्त गीतको भिडिओलाई विश्वास महर्जनले कोरियोग्राफी गरेका छन् । शङ्कर अधिकारी ‘घायल’ यो चलचित्रका निर्देशक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *