भारतले पाम आयल आयातमाथिको प्रतिबन्ध हटायाे

काठमाडौं । भारतले आफ्नो आयात नीति संशोधन गरेर पाम आयलमाथि लगाएको आयात प्रतिबन्ध हटाएको छ । २०७६ पुसदेखि पाम आयल आयातमा लगाएकाे प्रतिबन्ध झण्डै १८ महिनापछि हटाएकाे हाे ।

भारतको केन्द्रीय सरकारको व्यापार तथा उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार महानिर्देशनालयले बुधबार सूची संशोधन गरी उक्त प्रतिबन्ध हटाएको हो ।

पाम आयलको आयात खुला गरेपछि अब भने नेपालबाट समेत भारतमा पाम आयलको निर्यात हुन सक्ने भएको छ । यसअघि नेपालबाट निर्यात हुँदै आएको पाम आयल भारतले प्रतिबन्ध लगाएसँगै निर्यात हुन छोडेको थियो ।

मलेसिया, इन्डोनेसियालगायत देशबाट पाम आयात गरी प्रशोधित पाम आयल उत्पादन र भारतमा निर्यात गर्दै आएका नेपालका उद्योगी व्यवसायीले व्यवसाय नै बन्द गर्नुपरेको थियो ।

पाम उत्पादन गर्दै आएका व्यवसायिले प्रशोधित सोयाविन तेलको निर्यात सुरु गरेको थिए । सोया तेलको निर्यात बढेपछि नेपालबाट सबैभन्दा बढी मूल्यको निर्यात हुने वस्तु नै चालू आर्थिक वर्षमा सोयाविन तेल बनेको छ । चालू वर्ष नेपालकाे कुल निर्यातले १ खर्बकाे लक्ष्य पार गर्दा साेयाविन तेलकाे निर्यात मात्रै ३५ अर्बभन्दा बढीकाे भइसकेकाे छ ।

हालसम्मकै उच्च निर्यात, १० महिनामा ३२ प्रतिशतले बढेर १०८ अर्बको निर्यात

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *