‘फ्रन्टलाइनर’को सम्मानमा बनाएको चित्र मेटाएपछि चर्काे विरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कको आकाशे पुलमा ‘फ्रन्टलाइनर’को सम्मानमा बनाइएको चित्र मेटाएको छ । कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र महानगरपालिकाले मेटाएको हो ।

महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयको अनुमति लिएर ४ कलाकार र ३ जना स्वयंसेवककले बनाएको बुधबार दिउँसो मेटाइएको छ । चित्र बनाउन दुर्जाङ शेर्पालाई वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएको थियो । र ६ दिन लगाएर जेठ ३० मा निर्माण सकिएको थियो ।

सम्बन्धित समाचार
कोरोना महामारीमा अग्रपंक्तिमा खटिनेहरूप्रति सम्मानस्वरुप दीप प्रज्वलन (तस्बिरहरू)

कोभिड महामारीका कारण अधिकांश मानिस घरभित्र बसेका बेला बाहिर निस्केर काम गर्नेहरुको सम्मानका लागि यो चित्र बनाएको कलाकारहरु बताउँछन् ।चित्रमा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्थ्यो ।

चित्र मेटाउने महानगरको कदमको चर्काे विरोध भइरहेको छ । कलाकार, स्वयंसेवककलगायत जनस्तरबाट यो कार्यको विरोध भएको हो । चित्र मेटाएर महानगरपालिकाले फ्रन्टलाइनर, कला र मिहिनेतको अपमान गरेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *