अग्रपंक्तिमा खटिनेहरूको सम्मानमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । कोरोना महामारीका क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भन्ने उद्देश्यका साथ रत्नपार्ककाे आकाशे पुलमा दीप प्रज्वलन गरी सडक कला बनाइएको छ ।

आज (साेमबार) साँझ ६ बजे, कोरोना महामारीका क्रममा अग्रपंक्तिमा खटिँदा मृत्यु हुनेहरूकाे सम्मान र सम्झनामा परिवारका सदस्यसहित दीप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कलाकारहरू साङ्गे थिमे लामा, कृपा शेर्पा,सुम्निमा श्रेष्ठ र राजेश महर्जन सहभागी थिए भने स्वयंसेवकतर्फ कुन्जाङ शेर्पा, अभिषेक आत्रेय र मातृका तिमिल्सिना थिए । यस कामको नेतृत्व दुजांग शेर्पाले लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *