संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका भयो : सभामुख

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् । बुधबार (आज) संसद् दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले प्रतिनिधि सभामाथिको पटक—पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका हुन् । ‘संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक-पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ,’ सभामुख सापकोटाको सन्देशमा भनिएको छ ।

यस्तै सभामुख सापकोटाले संसद्लाई जीवन्त बनाउन आजको आवश्यक्ता रहेको औंल्याएका छन् । सभामुख सापकोटाले भनेका छन्— ‘मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता हो । संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधानअनुुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने छ ।’

हाल प्रतिनिधि सभा विघटनको अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओली गत जेठ ८ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *