जन्मदिनमा ‘राता मकै’लाई कलाकर्मीको शुभकामना

काठमाडौं । कलाकारितासँगै समाजसेवाका कारण चर्चित नाम हो, किरण केसी । उनै ‘राता मकै’ नामले परिचित किरणको आज जन्मदिन ।

असार पन्ध्रकै दिन जन्मिएका उनी फुर्सदको पछिल्लो समय समयमा टिकटकमा समेत मग्न देखिन्छन् । उनको योगदानकै कदर स्वरूप ‘राता मकै’ टोल समेत स्थापना भएको छ । यहीबीच आजको जन्मदिनमा उनले एक पत्रकार र कलाकारलाई सम्मान पत्रसहित नगदले सम्मान गरे ।

उनले रङ्ग पत्रकार शान्ति प्रिय र हास्य कलाकार सुरेन्द्र केसीलाई सम्मान गरेका हुन् । उनै राता मकैको जन्मदिनमा धेरै कलाकर्मीहरूले शुभेच्छा दिएका छन् ।

आज बिहान नै कलाकार दीपक राज गिरीले दुवै जना काठे भएको र व्यवहार पनि ठाडो भएको भन्दै शुभकामना दिए । उनी लेख्छन्-
हामी दुवै काँठे ! न सहरको पर्‍यौ ,न गाउँको !!
परिआए आइस्यो गइस्यो पनि हानिन्छ !!!

नत्र त हामी ठाडो हो , हाम्रो लोक भाका पनि ठाडो ,हामी पनि ठाडो
भा’को कुरा प्वाक्क बोलिन्छ , नतिजा के आउँछ राम जाने!
असार १५ गते दही चिउरा खाने दिनमा जन्मिए पनि दही चिउरे नभई
कलाकारिता र समाजसेवामा आफ्नो छुट्टै पहिचान बनाउन सफल
आदरणीय किरण के सी दाजुमा जन्मदिनको लाखौँ शुभकामना!!!

त्यस्तै अभिनेता सरोज खनालले बारीमा मकै सकिने बेलामा जन्मिएका ‘राता मकै’ भन्दै केसीलाई शुभकामना दिएका छन् । उनी लेख्छन्-‘ खेत बारीमा हरिया मकै सकिने सकिने बेला उम्रनु भएका “राता मकै” किरण केसी दाइलाई जन्मदिनको शुभकामना… सदासर्वदा लक्का जवान रहनू दाजु !!

यता अभिनेत्री करिश्मा मानन्धरले हँसिलो र स्वस्थ रहन शुभकामना दिएकी छन् ।
जन्मदिनको शुभकामना दाइ
सधैं हँसिलो ,खुसी , सुखी , स्वस्थ रहनु होला ।
मन सफा भयेकै कारण भगवान्को कृपा प्राप्त छ ।
सधैँ यस्तै रहोस् ।

कलाकार तथा निर्देशक दीपा श्री निरौलाले कृषकलाई धान दिवस र हामीलाई किरण दाइ जन्मिएको विशेष दिन भन्दै शुभकामना दिएकी छन् ।
हामी कृषक हरूको लागि विशेष दिन राष्ट्रिय धान दिवस ..
हामी कलाकारहरूका लागि विशेष दिन किरण दाइको जन्म दिवस…
ह्याप्पी बर्थडे किरण दाइ

हास्य कलाकार मनोज गजुरेलले भने किरणलाई भिनाजु भन्दै शुभकामना दिएका छन् । उनले किरणको नृत्य गर्दै गरेको भिडिओसमेत राखेर शुभकामना दिएका छन् । उनी लेख्छन् –
आज असार १५ गते । उता बारीमा हरिया मकै सकिने बेलामा यता हाम्रा ‘राता मकै’ को जन्मदिन पर्छ जसलाई हामी उत्सवको रूपमा मनाउने गर्दछौँ । राता, सेता, काला, निला, हरिया, पहेँला, खैरा, बैजनी, सुनगाभा सहितको नव रङ्गी, ऊर्जाशील अग्रज कलाकार आदरणीय किरण केसी भिनाजुलाई जय जन्म, जय जननी, जय जिन्दगानी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *