नेपालमै रेमडिसिभिर औषधि उत्पादन सुरु
२०७८ असार १४ गते

काठमाडौं । कोभिड-१९ रोगका लागि प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधिको उत्पादन स्वदेशमै गर्न नेसनल हेल्थ केयरले अनुमति पाएसँगै उत्पादन शुरु हुने भएको छ ।
सोमबार विज्ञप्ति सार्वजनिक गर्दै कम्पनीले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरले रेमडिसिभिर औषधिको उत्पादन सुरु गरेको र उत्पादित औषधि बिक्री वितरणका लागि बजारमा समेत पुगिसकेको जनाएको छ ।
गत वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति भएको यस कम्पनीले आइतबार मात्र बजारमा बिक्री वितरणका लागि अनुमति पाएको थियो।
‘यही मिति २०७८।०३।१३ गतेका दिन सोहि औषधिको मार्केटिङ प्राप्त गरेको जानकारी सरोकारवालाहरूलाई यस विज्ञप्तिमार्फत् जानकारी गराउँदछौँ‚’ विज्ञप्तिमा भनिएको छ ।

२०७८ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित









