महोत्तरीको दलित बस्तीमा पल शाहको राहत

काठमाडौँ । अभिनेता पल शाह निरन्तर राहत वितरण गरिरहेका छन् । उनी हाल महोत्तरी जिल्लाको गौशाला नगरपालिका- १० को मुसहर बस्तीमा आफ्नो समूहसहित राहत लिएर पुगेका छन् ।

उनीहरूले जम्मा सय परिवारमा राहत वितरण गरेका छन् । जसमा ६० परिवार मुसहर रहेका थिए भने ४० परिवार चमारलाई राहतसँगै स्वास्थ्य सुरक्षाका लागि मास्क समेत उपलब्ध गराएका छन् ।

‘टिम पल शाह’सँगको समन्वयमा राहत वितरण गरिएको छ । दिपेश श्रेष्ठले पलको समूहसँग मिलेर दलित बस्तीमा राहत उपलब्ध गराएका हुन् । सामाजिक सञ्जालमा पलले राहत वितरणको क्रमका तस्बिरहरू समेत सार्वजनिक गरेका छन् । लकडाउनको समयमा पल सक्रिय रूपमा फिल्डमा नै उत्रिएर सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *