गण्डकी प्रदेश

‘सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौँ’

काठमाडौं । गण्डकी प्रदेश सरकारमा राजीनिक गन्जागोल झनै चुलिएको छ । मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि गण्डकीमा अझैसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । ११ मन्त्रालय भएको गण्डकीमा मन्त्रीका आकांक्षी धेरै हुँदा समस्या भएको हो । कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको संयुक्त गठबन्धनबाट बनेको सरकारमा मन्त्रीका आकांक्षी धेरै हुँदा समयमै मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । संयुक्त गठबन्धनको समर्थनबाट मुखयमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गत शुक्रबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएपनि मन्त्रालयमै कुरा नमिलेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो ।

मुख्यमन्त्री पोखरेलले आइतबार (आज) गत २९ जेठमै बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरिसकेका कांग्रेसकै कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीलाई मन्त्रालय पाएका छन् भने सँगै शपथ ग्रहण गरेका जसपाका हरिशरण आचार्य र दीपक मनाङ्गे भने अझैसम्म बिनाविभागीय नै रहेका छन् । आचार्य र मनाङ्गेले क्रमशः अर्थ र भौतिक पूर्वाधारको दाबी गरेका छन् । स्रोतले भन्यो— ‘खासमा आजै चार मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिने निर्णय भइसकेको थियो । उहाँहरु स्वयम्बाटै अवरोध आयो भन्ने सुनियो । दिन खोजिएका मन्त्रालय उहाँहरुले ग्रहण गर्न मान्नुभएन ।’

आचार्य र मनाङ्गेले आफूले दाबी गरेको मन्त्रालय नपाएर सरकारमै नजाने र समर्थन फिर्ता लिने चेतावनी दिइरहेका छन् । नेता आचार्यले मकालुखबरसँग भने— ‘सहमति कार्यान्वयन नभए हामी सरकारमै जाँदैनौँ ।’ मनाङ्गेले पनि आफूले भौतिक पूर्वाधार पाउनुपर्ने र नपाए सरकारबाट बाहिरिने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले भने आचार्यलाई ऊर्जा र मनाङ्गेलाई युवा तथा खेलकुद गरेर भागबन्डा गरेका थिए । एक कांग्रेस नेताले भने— ‘यही भागबन्डा उहाँहरुले मान्नुभएको भए सायद आजै उहाँहरुले मन्त्रालय पाइसक्नुहुन्थ्यो । तर, उहाँहरुबाटै अवरोध आयो । उहाँहरुले पुरानै अडान दोहोर्याएपछि आज दुई मन्त्रीले मात्रै मन्त्रालय पाउनुभयो ।’ ती नेताकाअनुसार मन्त्रालय हस्तान्तरणका लागि चारै जना मन्त्रीलाई बोलाइएपनि आचार्य र मनाङ्गेले पुरानै अडान दोहोर्याउँदै मन्त्रालय ग्रहण गर्न मानेनन् । तत्पश्चात् उनीहरु बिनाविभागीय नै रहेका हुन् ।

नेता आचार्यले आफ्नो स्वार्थ पूरा गर्न जसपा र मनाङ्गेसँग सहमति गरेको आरोप लगाएका छन् । भने— ‘उहाँहरूले जसपा र राजीव गुरुङ मान्यज्यूसँग पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सहमति गर्नुभयो । तर, सहमति गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्नतिर लाग्नुभएन । त्यसो भएकाले हामीले अहिले अलिकति सल्लाह के गरेका छौँ भनेदेखि सल्लाहभन्दा पनि आआफ्नो बुझाइ हो त्यो । हामीले चाहिँ जसपाले कम्तिमा समझदारी गरेको दुई वटा मन्त्रालय छ । दुईवटा मन्त्रालय दुई जना मान्य छौँ दुवै जनालाई शपथग्रहण गराएर कार्यविभाजन गर्न हामीले अनुरोध गरेका छौँ । त्यो कार्यविभाजन नगरेसम्म हामी सरकारको कार्यविभाजनलाई अस्वीकार गर्ने ढंगबाट तयारी गरेका छौँ । समय र परिस्थिति बताउँछ, हामी सरकारमा जाने कि नजाने भन्नेबारे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *