गण्डकी प्रदेश : दुई मन्त्रीले पाए मन्त्रालय, मनाङ्गे र आचार्य अझै बिनाविभागीय

काठमाडैं । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले मन्त्रालय पाएका छन् । गत जेठ २९ गते बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका चारमध्ये कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी नेतृ मधुमाया अधिकारीले क्रमशः शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्गे भने अझै बिनाविभागीय नै रहेका छन् । मन्त्रालय बाँडफाँट गर्न नसक्दा आइतबार (आज) दुई मन्त्रीलाई मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको हो । जसपाका आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने बताउँदै आएका छन् भने मनाङ्गे अर्थ नभए भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुपर्नेमा छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *