गण्डकीका ४ बिनाविभागीय मन्त्रीले मन्त्रालय आजै पाउने

काठमाडौं । गण्डकी प्रदेश सरकारका चार बिनाविभागीय मन्त्रीहरुले मन्त्रालय पाउने भएका छन् । स्रोतकाअनुसार गत जेठ २९ गते बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका चार मन्त्रीहरुले मन्त्रालय पाउने भएका हुन् । स्रोतले भन्यो— ‘आजै पूर्ण मन्त्रिपरिषद् बनाउनेगरी तयारी गरिएको भएपनि अझैसम्म केही तयारी नपुगेको कुरा आएको छ । यसो हुँदा मन्त्रिपरिषद्ले पूर्णता चाहिँ आजै पाउने सम्भावना छैन । चार जना बिनाविभागीय मन्त्रीहरुले मन्त्रालय पाउँदै हुनुहुन्छ ।’

स्रोतकाअनुसार कांग्रेसकै कुमार खड्काले सामाजिक विकास मन्त्रालय पाउँदैछन् भने जसपाका हरिशरण आचार्यको भागमा ऊर्जा मन्त्रालय परेको छ । यस्तै माओवादी केन्द्रकी नेतृ मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनेछन् । स्वतन्त्र सांसद दीपक मनाङ्गे उर्फ राजीव गुरुङले भने साबिककै मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् । एमाले नेतृत्वकै सरकारमा रहँदा युवा तथा खेलकुदमन्त्री बनेका मनाङ्गेले पुनः सोही मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् । ‘उहाँहरुलाई पहिले मन्त्रालय दिने र बाँकी मन्त्रालयको बारेमा छलफल गर्ने कुरा छ,’ स्रोतले भनेको छ— ‘यसपछि बाँकी मन्त्रालयको बारेमा टुङ्गोमा पुग्नेछौँ ।’

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनबाट विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनबाट विश्वासको मत लिएपनि मन्त्रालय बाँडफाँट गर्न सकेका छैनन् । ११ मन्त्रालय भएको गण्डकीमा बाँकी ६ मन्त्रालयले पनि चाँडै मन्त्री पाउने नेताहरुको दाबी छ । कांग्रेस र माओवादीलाई ४/४ मन्त्रालय र जसपालाई २ मन्त्रालय दिने टुङ्गो लागेपनि कुन दलबाट को मन्त्री बन्ने र उसले कुन मन्त्रालय पाउने भन्नेबारे विवाद हुँदा अझैसम्म गण्डकी सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

यसपछि सरकारका दुई ठूला दल कांग्रेस र माओवादीले कसलाई मन्त्री बनाउने भन्ने विषयको निर्क्यौलको जिम्मा केन्द्रलाई दिएको थियो । अब प्रदेशमा केन्द्रको सिफारिसअनुसारको मन्त्री बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *