कोरोना अपडेट

४,९१४ संक्रमणमुक्त हुँदा मृतक र संक्रमित कति ?

काठमाडौं । नेपालमा शनिबार थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ४ पीसीआर परीक्षणका क्रममा १ हजार १ सय ७४ र ४ हजार ८ सय ६ वटा एन्टीजेन परीक्षणका क्रममा ८ सय ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ हजार ९ सय १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ८१ हजार ३ सय २७ जना निको भएका छन् ।

हाल नेपालमा ४२ हजार २४ सक्रिय संक्रमित आइशोलेशन र ३६१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख १७ हजार ३९ वटा पीसीआर र १ लाख ७१ हजार ११३ एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *