विभेदविरुद्ध विद्रोह बोल्ने कविताहरु

काठमाडौं । नेपाली साहित्य क्षेत्रमा विभेदविरुद्धका आवाज छिटपुट नउठ्ने गरेको होइन । तर बलियोगरी, अझ भन्दा समाजमा हस्तक्षेपकारी भूमिका खेल्नेगरी साहित्यका यो विषयको उठान कम मात्र भएको भन्दै बेलाबेला बहस हुने गरेको छ ।

यसैक्रममा फरक खालका साहित्य रचना गर्ने र कतिपय गलत मानकलाई भत्काउने हेतुले शुरु भएको उन्मुक्त पुस्ताले २०७३ सालमा कविता संग्रह प्रकाशित गर्‍यो— आफर । दलित समुदाय र गैरदलित समुदायका आठ जना कविका ३३ वटा कविता समेटिएको आफरमा सबै कविताले जातीय विभेदविरुद्ध विद्रोह बोलेका छन् । कतै छुत/अछुतको मानकलाई झापड हानेर त कतै इतिहासको गर्तमा अन्यायपूर्वक गुमनाम गराइएका दलित समुदायका पात्रहरुको पौरख र योगदानलाई कदर गरेर लेखिएका आफरका कविताहरुले विभेदविरुद्ध विद्रोह बोलेका छन् ।

समता बुक्सले प्रकाशित गरेको आफरका केही कविताहरु हामीले श्रष्टा स्वयमको वाचनमा यहाँ समेटेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *