जर्ज फ्लोइडको हत्या अभियोगमा एक पूर्वप्रहरीलाई २२ वर्षको जेल सजाय

एजेन्सी । जर्ज फ्लोइडको हत्या अभियोग लागेका अमेरिकाका एक पूर्वप्रहरीलाई २२ वर्ष ६ महिनाको जेल सजाय दिइएको छ । ९ मिनेटभन्दा बढी समय घुँडाले घाँटीमा थिचेपछि फ्लोइडको मृत्य भएकोमा अदालतले पूर्वप्रहरी डेरेक सोभिनलाई दोषी प्रमाणित गर्दै उक्त सजाय दिएको हो ।

सोभिनमाथि पदको विश्वास र अख्तियारीको दुरुपयोगमा पनि दोषी देखाइएको छ । फ्लोइडको हत्यापछि प्रहरी दमनविरुद्ध विश्वव्यापी रूपमा प्रदर्शनहरू भएका थिए । सुनुवाइको समयमा सोभिनका वकिलले राम्रो मनसाय राख्दा भएको गल्ती बताएका थिए ।

बीबीसीकाअनुसार अब सोभिनले आजीवन हतियार राख्न नपाउने भएका छन् । फ्लोइडको परिवार र समर्थकले उक्त फैसलाको स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *