युरो २०२० : प्रविधिमैत्री युरोमा बढेको पेस

विगतको भन्दा यसपटकको प्रतियोगिता युरो २०२० फरक छ । पहिलो पटक भिडिओ असिस्टेन्ट रेफ्री भिएआरको प्रयोगले विवाद कम भएको छ । मुख्य रुपमा पेनाल्टी, अफसाइड जस्ता निर्णयले पहिलाका प्रतियोगितामा बढी विवाद हुने गर्थ्यो तर, यो पटक भिएआरको प्रयोगले विवाद कम भएको छ ।

साथै प्रविधिमैत्री फुटबलमा पनि उतिकै चार्म र लोकप्रियता छ । विश्वकपलाई जसरी प्रविधिले सहयोग गर्‍यो अहिले युरोलाईपनि प्रविधिमैत्री बनाउँदा विवाद मुक्त खेलहरु भइरहेका छन् । यसले पुरानो सोचलाई चिरेको छ भने फुटबल र प्रविधि सँगसँगै जान सक्छन् भन्ने सन्देश राम्रोसँग स्थापित गरेको छ ।

अत्याधिक गतिको प्रयोग
यो पटकको युरोमा खेलाडीले आफ्नो गतिको उच्चतम प्रयोग गरेका छन् । इटाली, जर्मनी, फ्रान्स, पोर्चुगल, बेल्जियमलगायत टीमले आक्रामक खेल्दा विपक्षी पोस्टमा धेरै पेनाल्टीहरु पनि भइरहेका छन् । स्पेनले टीकीटाका शैलीमा विस्तारै बलभित्र लग्ने गरेपनि स्पेनबाहेक सबै टीमले नै पेसको प्रयोग गरेका छन् ।

               सञ्जिव मिश्र -फुटबल विश्लेषक

उपाधि होडमा सबै बलिया टीमहरुले नकआउटमा स्थान बनाएका छन् । जसले जसलाई हराउन सक्ने क्षमता छ तर, यो बिचमा पनि अनुभव र युवा खेलाडीहरुको लयलाई हेर्दा बेल्जियमा उच्च दाबेदार लाग्छ ।

बेगमा खेल्दाको परिणाम सायद यो पटकको युरोमा सर्वाधिक ८ आत्मघाति गोल भएको छ । यसको अर्थ के हो भने डिफेन्स र गोलरक्षकमा अत्याधिक दबाब बढ्न थाल्यो । जसले गर्दा उनीहरुले फ्र्याक्सन अफ सेकेन्डमा निर्णय लिनु पर्ने हुन्छ । जुन निर्णय गल्ती हुँदा धेरै आत्मघाति गोलहरु भइरहेका छन् । समूह चरणमा नै १३ वटा पेनाल्टी भइसकेका छन् । पेनाल्टीको कारण पनि विपक्षीको गति रोक्दा भएका फलको परिणाम हो ।

खेलहरु अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको छ । एउटा खेलमा मात्रै पाँच गोलको अन्तर देखियो । नत्र बाँकी खेलमा भने ३ गोलभन्दा अन्तर भएन । यसले तुलनात्मक रुपमा साना टीममा पनि प्रतस्पर्धाको स्तर उच्च बनेको देखिन्छ ।

फुटबल नियम मात्र होइन भावना पनि हो
जारी युरोले एउटा जवर्जस्त सन्देश दिएको छ । फुटबल नियमको खेलमात्र होइन यो भावनाको खेल हो भनेर । किनकी जब डेनमार्कका क्रिश्टियन एरिक्सनलाई ‘कार्डिक अट्याक’ भयो । त्यसपछि उनलाई नियम अनुसार हो भने बाहिर राखेर उनको स्थानमा अर्को खेलाडी राखेर खेल सुचारु गर्दा हुन्थ्यो । तर फुटबल एक अर्काको भावना हो र कसैले पीडामा रहेर खेल्न सक्छ कि सक्दैन भन्ने कुरा सोधेर मात्र खेल खेलाइयो ।

डेनिस खेलाडीले खेल्न सक्छ की सक्दैन भनेर सोधेर मात्र खेल खेलाईयो । त्यसैले फुटबल जिवनभन्दा ठूलो होइन, हरेकको जिवनलाई सम्मान गर्नु पर्छ फुटबल शारीरिक खेलमात्रै नभएर मानसिक रुपमा समेत उतिकै बलियो हुन जरुरी हुन्छ भन्ने सन्देश दिन युरो सफल भयो । यसले विश्व फुटबलमा आवश्यकता अनुसार मैदानमै पनि धेरै निर्णयहरु लिन सकिन्छ र यसको सुन्दरता र लगाव थप प्रभावकारी हुन सक्छ भने सन्देश दिन युरोकप सफल भएको मलाई लाग्छ ।

पावर हाउसको दबदबा
अहिलेपनि युरोकपमा पावरहाउस भनिएका टीमको नै दबदबा कायम रहेको छ । सबै अपेक्षित टीमहरुले नै नकआउटमा स्थान बनाए । मैले एक्सपेक्ट गरेका टीममा पोल्यान्ड र स्कटल्यान्ड नकआउटमा आउन सकेनन् । अरु त लगभग सबै अपेक्षित टीमले नै नकआउटमा स्थान बनाएका छन् । फाइनल पनि फुटबलका ‘बिग कन्ट्रि’ बिचनै हुन्छ भन्ने लाग्छ ।

कोभिडको त्रासबिच विभिन्न देशका शहरमा आयोजना हुँदापनि सफल आयोजना हुँदैछ । यसले हरेक देशले अपनत्व थप नजिकबाट गरेका छन् । बुढापेस्टमा ६४ हजार भन्दा बढि दर्शकले फुटबल हेरे । यसले युरोप सुरक्षित हुँदै गएको र कोभिडलाई परास्त गर्न सकिन्छ भन्ने सन्देश दिन सफल रह्यो । फुटबल हिजो जस्तै चल्न सक्छ भन्ने सन्देश दियो जसले हाम्रो जस्तो देशका लागि पनि राम्रो सन्देश हो ।

उपाधि होडमा सबै बलिया टीमहरुले नकआउटमा स्थान बनाएका छन् । जसले जसलाई हराउन सक्ने क्षमता छ तर, यो बिचमा पनि अनुभव र युवा खेलाडीहरुको लयलाई हेर्दा बेल्जियमा उच्च दाबेदार लाग्छ ।

(फुटबल विश्लेषक मिश्रसँगको कुराकानीमा आधारीत)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *