शिक्षामन्त्रीलाई बर्खास्त गर्न एमाले भातृ संगठनकै माग

काठमाडौं । एमालेकै भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । जातीय भेदभाव तथा छुवाछुत कसूर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाएको भन्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन समाजले माग गरेको हो ।

सञ्चारकर्मीसमेत रहेकी कलाकार रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई बुधबार महानगरीय प्रहरी वृत्त, सिंहदरबारबाट छुटाएर मन्त्री श्रेष्ठले आफ्नै गाडीमा बसाएर लगेका थिए ।

त्यसपछि बिहीबार आज विज्ञप्ति जारी गर्दै समाजका अध्यक्ष गणेश वि.के. बर्खास्तीको माग गरेका हुन् । ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कानूनलाई हातमा लिँदै अनुसन्धानका लागि थुनुवामा रहेकी सरस्वती प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लगेर गएको हर्कतप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । संविधान तथा कानूनविरोधी काम गर्ने मन्त्रीलाई कारबाहीस्वरूप मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं,’ अध्यक्ष वि.के.द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *