दलितलाई कोठा नदिएको अभियोगमा पक्राउ परेकी प्रधान सामान्य तारिखमा रिहा

काठमाडौं । दलित भनेर कोठा नदिएको अभियोगमा पक्राउ परेकी सरस्वती प्रधान सामान्य तारिखमा रिहा भएकी छन् ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारबाट बुधबार उनलाई रिहा गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले यो विषयमा थप प्रमाण अपुग भएको राय पेश गरेपछि उनलाई रिहा गरिएको वृत्तले जनाएको छ । प्रहरीले अनुसन्धान गरी थप प्रमाण जुटाउने वृत्तले जनाएको छ ।

प्रधानलाई सञ्चारकर्मी रुपा सुनारलाई जातकै आधारमा कोठा नदिएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । प्रधानलाई शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले बुझेर लगेका हुन् ।

यसअघि प्रधानलाई निःसर्त रिहा गर्नुपर्ने भन्दै नेवार समुदायका संस्थासहित सरस्वतीका परिवार र आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *